समाज

महाकालीमा पानीको बहाव बढ्न थालेपछि तारउतार सेवा बन्द

असार १, २०७६

    डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–६ सिसमजालामा सञ्चालित तारउतार सेवा बन्द गरिएको छ। महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि वडा कार्यालयद्वारा सञ्चालित तारउतार सेवा असोजसम्मका लागि बन्द गरिएको हो।

    सिसमजालास्थित नेपाल–भारत आवतजावत गर्न प्रयोग गरिने तारउतार सेवा बर्खायाम सुरु भएसंगै बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए।

    सो नाकाबाट दैनिक सैयौँको संख्यामा यस क्षेत्रका नागरिकहरुमित्र राष्ट्र भारतबाट सामान आयात तथा निर्यात गर्ने गरेका छन्। बर्खायाममा पानीको बहाव बढ्ने भएकाले दैनिक उपभोग्य सामग्रीहरु लिन भारत तर्फ जाने नागरिकका लागि यात्रा खतरा हुने भन्दै सो तारउतार सेवा बन्द गरिएको हो।

    वर्षौदेखि महाकाली नदीमा पक्की पुल निर्माण गर्न विभिन्न राजनितीक दलहरुले मुख्य एजेण्डाका रुपमै उठाएपनि अहिलेसम्म कुनै पहल नहुँदा बर्खायाममा सोही ठाँउबाट यात्रुहरुले जोखिम मोलेर डुङ्गा तथा ट्युबहरुको यात्रा गर्न बाध्य छन्। तारउतार सेवा बन्द गरेसंगै वडाध्यक्ष सिंहले मसिनजालामा झोलुङ्गे पुलका लागि पहल गर्ने बताए।

    सशस्त्र द्वन्द्वका क्रममा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा भित्री मधेस क्षेत्रबाट वर्षेनि करोडौं राजस्व छली हुने गरेको छ। सीमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौं मूल्य बराबरका भारतीय सामान बिनाभन्सार भित्रिदा राजस्व छली हुने गरेको समस्या पनि यथावत छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]