छापा

सिंहदरबारभित्रकौ हेल्थ डेस्कमा औषधि अभाव, सिटामोलसमेत छैन

असार २, २०७६

    काठमाडौं : सिंहदरबारभित्रको हेल्गथ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ। कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेब दीपक मुडभरीले बताए।

    देशका प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भने सरकारले १६ फागुन २०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो।

    तर, महिनौंदेखि औषधि आभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन्। मुडभरीका अनुसार सिंहदरबारमा सिटामोल, एन्टिबायोटिक्स, बान्ता रोक्ने,  ओन्डेम, डायबिटिजका बिरामीलाई दिइने मेटफर्मिन, ग्यास्ट्रिक, प्रेसर, कोलेस्ट्रोल, एलर्जीका औषधि तथा कान र आँखामा हालिने ड्रप पनि अभाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]