काठमाडौं: इंडियन प्रिमियर लिग (आईपिएल) राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्याप...
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ।
म्यानचेस्टरमा आइतबार भएको खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा ८९ रनले हरायो। ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो।
वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल मेथडका आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो। भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो। त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो।
पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादब खान २० रनमा अविजित रहे। भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले समान २ /२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो। भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको शतकीय इनिङस खेले। अर्धशतक बनाएका केएल राहुलले ५७ रन बनाएर। यस्तै कप्तान विराट कोहलीले ७७ रनको अर्धशतकीय इनिङ्स बनाए। पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए।
जितसँगै भारतले ४ खेलबाट ७ अंक जोडेको छ । तेस्रो स्थानको भारतले ३ खेलमा जित र १ खेलमा अंक पाएको थियो। पाकिस्तानको यो तेस्रो हार हो। यो हारसंगै पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेलमा पुन हार व्यहोरेको छ। भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो। प्रतियोगिता अन्तरगत आज बंगलादेश र वेष्टइन्डिजबीच खेल हुने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।