खेलकुद

काेपा अमेरिका : उरुग्वेको सहज जित

असार २, २०७६

    कोपा अमेरिका फुटबलमा उरुग्वेले इक्वेडरमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गर्दा समूह ‘सी’ मा महत्वपुर्ण तीन अंक जोड्न सफल भयो। 

    उरुग्वेले खेलको सुरुवात देखी नै बलमा पकड कायम गरेको थियो। लुइस सुआरेजको पासमा निकोलस लोडीएरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए। २४ औं मिनेटमा जोसे क्विन्टेरोस सिंधै रातो कार्ड खाँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो।

    ३३ औं मिनेटमा डिएगो गोडीनको पासमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे। उनले गोडीनको हेडर पासलाई ६ यार्ड बक्सभित्र उत्कृष्ट भली प्रहार गर्दै गोल गरेका थिए।

    पहिलो हाफको एक मिनेट बाँकी रहँदा सुआरेजले मार्टिन कासेरेसको पासमा गोल गर्दै उरुग्वेलाई ३–० को अग्रता दिलाए।

    दोस्रो हाफमा थप आक्रामक बनेपनि उरुग्वेले उपहार गोल मार्फत अग्रता फराकिलो बनायो। ७८ औं मिनेटमा मिनाले क्लियर गर्न खोजेको प्रहार सिधै आफ्नै पोस्टमा छिरेको थियो। यो जितसँगै उरुग्वेले समूह ‘सी’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । इक्वेडर र उरुग्वेसँगै यस समूहमा जापान र चिली पनि रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]