समाज

धनकुटा कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदी

असार २, २०७६

    धनकुटा : जिल्ला कारागार धनकुटामा क्षमताभन्दा दुईगुणा बढी कैदीबन्दी राखिएपछि समस्या भएको छ। २५ पुरुष र १० महिलाको क्षमता रहेको कारगारमा चार महिलासहित ६८ जना कैदीबन्दीहरु छन्।

    क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको चौकीदार विष्णु आलेमगरले बताए। उनले भने, ‘कारागारमा  क्षमताभन्दा बढी कैदीबन्दी रहँदा सबैभन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।’ 

    जिल्ला कारागार धनकुटाका प्रमुख रामप्रसाद नेपालका अनुसार पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको बताए। उनका अनुसार कैदीबन्दी अन्यत्र जान नचाहेकाले पनि क्षमताभन्दा बढी कैदी भएको हो।

    कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई समस्याबारे पटकपटक जानकारी गराए पनि सुनवाइ नभएको कारागार प्रशासनले जनाएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएपछि रासन, स्वास्थ्य उपचार, विद्युत र पानीको समेत समस्या भएको चौकीदार आलेले बताए।

    पुरुष कारागार जीर्ण रहेकाले वर्षा याममा पानी पर्दा राम्ररी सुत्न समेत नपाएको कैदीबन्दी नवीन थापाले गुनासो गरे। यस्तै, पुरुषको सख्या बढी भएपछि शौचालय जाँदा समेत पालो पर्खिनु पर्ने समस्या रहेको छ।

    कारागार भवन जीर्ण भएपछि सार्नका पटक–पटक पहल भए पनि जिल्ला कारागारको नाममा रहेको जग्गा अतिक्रमण भएकाले नयाँ भवन बन्न नसकेको कारागार प्रमुख नेपालले बताए। जीर्ण भवनमा नै कैदीबन्दी राखिराखे ठूलो दुर्घटना हुने सम्भावना रहेको कैदीबन्दीहरू बताउँछन्। सदरमुकाम धनकुटा बजारमा रहेको कारागार पटक–पटकको भूकम्म्पले जीर्ण बनेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]