काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनलाई समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने बताएका हुन्। उनले विधेयक फिर्ता लिन सरकारसँग माग पनि गरेका थिए।
बडूले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्यमान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी सरकारले विधेयक ल्याएको दाबी गरेका थिए। गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति श्रृजना हुन सक्ने तर्फ समयमै सचेत नभए त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेतर्फ पनि उनले सचेत गराएका थिए।
प्रधानमन्त्रीले सोचिने छ, विचार गरिने छ भन्ने सरकारकै प्रवक्ताले सामन्ती अवशेष समाप्त पारि छाडिनेछ भन्ने अभिव्यक्ति दिँदै आएको भन्दै बडूले भने, ‘कुटे जस्तो र रोए जस्तो सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य हुँदैन।'
सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरूले आफ्नो सिटबाट उभिएर सभामुखसँग समय माग गरेका थिए।
राजपाका सांसद लक्ष्मणलाल कर्णले भने लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउनुपर्ने धारणा राखेका थिए। राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन नमान्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको उनले आलोचना गरेका थिए। संसदप्रति जवाफदेही हुनुपर्ने मन्त्री पण्डितले त्यसको निर्देशन नमान्ने कुरा स्वीकार्य नहुने बताए।
त्यस्तै लोकसेवा आयोगले पनि निर्देशन नमान्ने भनेर दिएको अभिव्यक्तिलाई पनि कर्णले आलोचना गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।