बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
काठमाडौं : राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको चेतावनी दिएका हुन्।
राष्ट्रिय स्वयंसेवकका केन्द्रीय संयोजक श्रीराम घिमिरेले भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध आवाज उठाउँदा सरकारले बल प्रयोग गरिरहे आत्मदाह गर्ने चेतावनी दिए। उनले भने,‘हामी आन्दोलन चर्काउँदै आत्मदाहसम्म पुग्छौं।’
राष्ट्रिय स्वायंमसेवक नेपालका अध्यक्ष श्रीराम घिमिरेका अनुसार नेपालमा कृषिप्रधमान देश रहेकाले देशमा भएका प्रत्येक किसानले सुखि र समृद्धिको अनुभूति हुने गरि नेपाल परिवर्तन गर्ने प्रतिवद्घता व्यक्त गरे। आफूहरूले कुनै पनि आन्दोलन हत्याहिसांमा संलग्न नभई देश र आम जनताको निमित्त आफूहरू नै आत्माघाती बनेर अगाडि बढ्ने बताएका छन्।
स्वंसेवकले ३२ जेठमा भद्रकालीमा पाँच सय लिटर रगत सडकमा बगाएपछि सर्वत्र चर्चा भएको थियो। उक्त घटनापछि स्वयंसेवक नेपालका अभियन्ताहरुलाई सरकार पक्राऊ गरेर हिरासतमा राखेको थियो। घिमिरेले प्रधानमन्त्री र गृहमन्त्रीको तस्वीरमा रगतको बली चढाएर सांकेतिक विरोधमात्र गरेको बताए। उनले भने, ‘अब यो भन्दा कडा संघर्षमा जान्छौं।’
भद्रकालीबाट नेपाल स्वयंम सेवकका १० जना अभियान्तालाई प्रहरी पक्राउ गरेको भन्दै केन्द्रीय अभियन्ता विमल खत्रीले आपत्ति जनाएका छन्। आफूहरूकाबारे गलत हल्ला फैलाएर आन्दोलनलाई कमजोर पार्न खोजेको उनको भनाइ छ।
कार्यक्रममा स्वयंसेवक नेपालकी सफलता बोगटीले आन्दोलनका कार्यक्रम देशका कुनाकाप्चासम्म पु¥याउने बताइन्। उनले आफुहरुको मागमध्ये देशमा रहेका आर्थिक र राजनिति भित्र रहेका भ्रष्ट्रचारी अनियन्ताको विरुद्घ बलियो अर्थतन्त्र सुदृढ राष्ट्रियता समानुपातिक न्याय प्रणाली निर्माण गर्नुपर्ने बताइन्।
यसका लागि समावेशी न्याय प्रणाली र लोक कल्याणकारी निर्माण नेपालमा २० रोपनी भन्दा कम जग्गा जमिन भएका किसान परिवारलाई मल बिउ विजनको निःशुल्क व्यवस्था गरिनुपर्ने, वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका प्रत्येक मृतक परिवार लाई २० लाख सम्मको क्षतिपूर्ति को व्यवस्था गरिनुपर्ने उल्लेख गरिन।
राष्ट्रिय स्वयंमसेवक नेपालका अभियन्ताहरु सरिता पण्डित, गायत्री दाहाल, अभियन्ताहरु केशव प्रसाद उपे्रती पुरुषोत्तम गजुरेल र सुदिप गजुरेलले कडा आन्दोलनको विकल्प नभएको बताएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।