राजनीति

महामन्त्री कोइराला भन्छन्- ओली सरकार केन्द्रीकृत शासनमा जाँदै छ

असार २, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार केन्द्रीकृत शासनमा जान लागेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने उनले बताएका छन्।

    प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए। ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने, ‘यसले जनविरोधी गतिविधि गरिरहेको छ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने उनको भनाई छ।

    उनले ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप समेत लगाएका छन्। कोइरालाले बौद्धिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भई सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरका छन्।

    नेपाल संस्कृतिक विश्वविद्यालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताएका छन्। उनले अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए। पुस्तकले सनातन धर्मको महत्व प्रकाश पारेको उनले दाबी गरेका छन्।

    कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए। धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको उनको भनाई छ। उनले आफु भारतमा रहेर पनि देश प्रतिको चिन्ता एवं देश भक्ति र हिन्दु धर्मको प्रभुत्वको कारण यो पुस्तक प्रकाशन गरेको जानकारी दिएका छन्।

    अहिलेको समय युवाको हातमा रहको बताउँदै युवाबाट थुप्रै आशा रहेको बताउँदै उनले भने, ‘अहिलेका  नेताहरुमा सदबुद्धि र धर्म प्रतिको आस्था पलाउँदै जाओस्।’ धर्म रहे सबै नेपालीको अस्तित्व रहनेमा सबैको ध्यान केन्द्रित हुन आवश्यक रहन्छ।

    त्यस्तै प्राध्यापक मुकुन्द शरण उपाध्यायले नेपालमा हिन्दुको अस्तित्व हुन आवश्यक रहेको बताए। हिन्दु धर्मको उदय नेपालबाटै भएको जनाउँदै जनसंख्याको आधारबाट नभएर सबैै ग्रन्थहरु पल्टाएर हेर्न आवश्यक रहेको उनको भनाई छ। उनका अनुसार बिमोचित पुस्तकले हिन्दु धर्मको महत्वमा जोड दिएको छ।

    बिमोचित पुस्तकको समिक्षा विश्लेषक उद्धव सिग्देल र आलोक लम्सालले गरेका थिए। दुवैले पुस्तकले विगत र वर्तमानको गहिरो विश्लेषण गर्दै भविष्यको मार्गदर्शन गरेको छ।

    त्रिवेणी साहित्य परिषद् नवलपुरले प्रकाशन गरेको पुस्तक १७५ पृष्ठको छ। पुस्तकका लेखक प्राध्यापक हरिशरण उपाध्याय स्याङ्जामा जन्मिएर भारतका विभिन्न विश्वविद्यालयमा प्राध्यापनमा सक्रिय रहे। उनका संस्कृति र नेपाली भाषामा नौं वटा पुस्तक प्रकाशित भइसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]