समाज : सुरक्षा/अपराध

राजस्व चुहावटका ८१ कसुरमा मुद्दा दर्ता, ६६ केजी सुन चोरी

असार २, २०७६

    काठमाडौं : प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयमातहत आएको राजस्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ८१ वटा मुद्दा दायर गरेको छ। विभागले आफ्नो तर्फको अनुसन्धान सम्पन्न गरी यी मुद्दा दायर गरिएको हो।

    विभागले राजस्व चुहावटमा २३८ व्यक्तिउपर विगो जरिवानाबापत १८ अर्ब ३२ करोड रुपैयाँ माग दाबी गरिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। विभागका अनुसार सुनको भन्सार चोरी पैठारी मार्फत ६६ किलो ४०० ग्राम सुन बरामद गरिएको छ। राजस्व जोखिम तथा आर्थिक अपराधको जोखिमयुक्त क्षेत्रलाई अनुसन्धानमा केन्द्रित गर्दा सकरतामक सुधार भएको विभागको दाबी छ।

    विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी ६४ वटा मुद्दामा विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा ५ अर्ब ११ करोड माग दबाबी गरी मुद्दा दायर गरेको छ। यसबाट राज्स्व परिचालन र विप्रेषण आयमा सकरात्मक प्रभाव देखिने विभागको दाबी छ।

    विभागले गत जेठ ६ गते रसुवाका शे ग्याल्बो घलेलाई सुन चोरी पैठारीको आरोपमा  राजस्व चुहावट र विगो जरिवनासहित सात करोड ११ लाख रुपैयाँको माग दाबी सहित तीन वर्षको कैदी माग गर्दै मुद्दा दर्ता गराएको थियो।

    त्यस्तै, भन्सार छलितर्फ न्यू किरण स्पेलार्सका संचालक  राजेशप्रसाद कलवाल र मधुकुमारी गुप्ता १२ करोड ८५ लाख २८ हजार २३८ रुपैयाँको विगो तथा जरिवना,  किरण रेड एण्ड सप्लार्स प्रालिका राजेशप्रसाद कलवारविरुद्ध १ करोड २७ लाख ९३ हजार र  सोनु इन्टरप्राइजेजका प्रोपाइटर किरणदेवी गुप्ताविरुद्ध १५ करोड ७७ लाख ८० हजा ४४४ रुपैयाँ गरी २९ करोड ९१ लाख दुई हजार ५५८ रुपैयाँ विगो जरिवना दाबी गर्दै मुद्दा दायर गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]