पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेको छ। सडक अवरुद्ध भएपछि सो गाउँपालिकाको याम्फुदिन, खेवाङ, पदाङ, सुरुम्खिमसहित साविकका १० गाविसका यात्रुलाई समस्या भएको छ।
सिनाम र आम्वेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार सडक माथिबाट भरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोर-दोहोरमा समस्या भएको हो। पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए। सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँमा जाने सवारी साधन सिनामसम्म मात्रै पुग्ने गरेकाछन् भने यहाँबाट बाहिरिने सवारी साधन समेत सिनामबाटै चल्ने गरेकाछन्।
आम्बेगुदिनको हप्पुखोला, सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारी साधन जान नसकेपछि यात्रुलाई गाडी भेट्न घण्टौ सम्म हिड्नुपर्ने बाध्यता छ।तेल्लोकबाट सिनाम आइपुग्न झण्डै ३ घण्टा पैदल हिड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ। साविकका याम्फुदिन, मामांखे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ।
सँधै घरबाट हिँडेकैदिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोलिपल्ट मात्रै गाडीमा छुट्ने गरेको स्थानीयले बताएकाछन्। तीनदेखि बाटो अबरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयले बताएकाछन्।
यता गत वर्ष समेत सोही ठाउँमै झरेको पहिरो पन्छाउन झण्डै पाँचलाख वढी खर्च गरेको सिरिजंघा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ। दिनहुँजसो ठूलो वर्षा भइरहेकाले र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टिका गुरुङले बताए। सो क्षेत्रमा तीनदेखि निरन्तर जसो वर्षा भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।