काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडाैं : सत्तारुढ दल नेकपाका सांसद गजेन्द्र महतले गृह मन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन्। गृह मन्त्रालयको नाकामीका कारणले नै जनताले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीमा जाने गरेको बताए।
प्रतिनिधिसभाको सोमबारको बैठकमा गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै महतले यस्तो संज्ञा दिएका हुन्।
महतले अधिकार धेरै भए पनि गृह मन्त्रालयले त्यसको उपयोग गर्न नसकेको भन्दै अजिंगरजस्तो भएको बताए। उनले भने, 'म त गृह मन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो छ। नजिक आए खाइदिने टाढा गएर सिकार नगर्ने। अहिले हाम्रो गृहमन्त्रालय यस्तो छ।'
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रो सँग काम नगर्दा सर्वसाधारण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समूहसँग न्याय खोज्न जाने गरेको खुलासासमेत उनले गरे। उनले भने, '७७ वटै जिल्लाका सिडियो छन्। प्रहरी प्रमुखहरू छन्। उनीहरूलाई निर्देशन दिने हो भने धेरै काम हुन्छ। भ्रष्टाचार आधा कम हुन्छ। जनताको आधा समस्या हल हुन्छ। मान्छेहरूले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन।'
भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमी नआएको भन्दै उनले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए।उनले भने, 'गृहमन्त्रालयले चाह्यो भने दुई तिहाइको सरकारलाई चाडो भन्दा चाडो रिजल्ट दिन सक्छ। यो त न जनतासँग जोडिएको छ न जनप्रतिनिधिसँग जोडिएको छ। कसरी चलिरहेको छ? उनले क्षमतावान व्यक्तिहरूलाई जिल्ला पठाउन पनि सुझाए। उनले भने, 'सिडीओ अलि छानेर पठाउनुपर्यो नि। नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन। अलि सक्षम पठाउनुहोस्। त्यहाँ गएर खाली चिया खाएर गफ गर्ने। गाई चराउन जाने सिडिओ हामीलाई चाहिएको छैन। हामी सँगै टक्कर दिने सिडिओ चाहियो के।'
सांसद महतले नेपाल टेलिकमका कर्मचारीले एनसेलसँगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमि ल्याउने काम गरेको उल्लेख गर्दै त्यस तर्फ संञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए।
भिडियो:
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।