समाज

करेन्ट लागेर १ को मृत्यु, १ घाइते

असार २, २०७६

    उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा सोमबार करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार सोही स्थान बस्ने ३१ वर्षीय गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको देखेपछि तत्काल मेन स्विच मार्ने क्रममा श्रीमती वर्ष ३० की सम्झना खड्कालाई समेत करेन्ट लागेको थियो।

    करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र बेल्टार पठाइएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]