राजनीति

४ राजदूतको सुनुवाइ बुधबारबाट सुरु हुने

संसदीय सुनुवाइ समिति सभापति कर्ण
असार २, २०७६

    काठमाडौं : सरकारले चार देशका राजदूतमा सिफारिस गरेका व्यक्तिहरूको संसदीय सुनुवाइ पर्सि बुधबारबाट सुरु हुने भएको छ।

    सरकारले चार जना राजदूतको सुनुवाइ सुरु गर्नका लागि संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिलाई सोमबार पत्र पठाएको हो। उक्त पत्र प्राप्त गरेपछि समितिले सुनुवाइको मिति तय गरेको हो।

    जेठ २३ गते बसेको मन्त्रिपरिषद बैठकले चार देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो। जसमा अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्र रहेका छन्।

    राजदूतहरूको नाम र उनीहरूको व्यक्तिगत विवरण समितिलाई प्राप्त भएकाले समितिले बुधबार बिहान बैठक बसेर प्रक्रिया अगाडि बढाउने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले पहिलो बैठकमा राजदूतमा सिफारिस भएका व्यक्तिहरूको व्यक्तिगत विवरण अध्ययन गरिने थाहाखबरलाई जानकारी दिए।

    सोही दिन प्रस्तावित व्यक्तिहरूका नाममा सार्वजनिक उजुरी आह्वान हुने सभापति कर्णले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]