समाज

रुकुमका दुवै बिमानस्थलमा हवाइसेवा बन्द

असार २, २०७६

    रुकुम : रुकुम पश्चिममा रहेका दुबै बिमानस्थलहरू हवाइ सेवा तीन सातादेखि बन्द भएका छन। रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसिकोट सल्ले र चौरजहारी बिमानस्थल गरी जिल्लामा दुई बिमानस्थल छन। पाइलटको बिदा तथा तालिमको कारण देखाउँदै हवाई सेवा बन्द भएपछि यस क्षेत्रका यात्रु मारमा परेका छन।

    जिल्लाका यी दुबै बिमानस्थलमा नेपाल वायु सेवा निगमको बाहेक अन्य निजी क्षेत्रका जहाजहरूको उडान सेवा छैन। जतिसक्दो जहाजको उडान सुचारु गर्न आफ्नो क्षेत्रबाट पहल भइरहेको चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए। बिरामी तथा ज्येष्ठ नागरिक यात्रुलाई सहज सेवा दिन तत्काल सुचारु गर्नुपर्ने उनको भनाई छ।

     केन्द्रीय कार्यालयबाट तालिमका कारण पाइटको अभाव भएको भन्दै केही सातालाई हवाई सेवा बन्द हुने आन्तरिक सूचना दिएको छ। लामो समयदेखि रुकुममा हवाई सेवा बन्द हुँदा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट र सल्यान जिल्लाका स्थानीय प्रभावित बनेका छन। जसमा सबैभन्दा जटिल प्रकृतिका बिरामी, गर्भवती महिला, बालबालिका तथा बृद्धबृद्धा बढी मारमा परेका छन्।

    नेपालकै दश नमुना शहरको रुपमा विकसित बन्दै गरेको चौरजहारीमा लामो समयदेखि हवाई सेवा बन्द भएर केही महिना अघिदेखि मात्र संचालन आएको थियो। दुर्गम जिल्लामा हवाई यात्रा जनताको लागि अतिआवश्यक भए पनि बेलाबेला अवरुद्ध हुँदै आएका छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]