छापा

लोकसेवाको सर्भर नै चल्दैन, फाराम बुझाउन समस्या

असार ३, २०७६

    काठमाडौं : लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा स्थानीय तहका लागि आवेदन दिने आवेदक मर्कामा परेका छन्। स्थानीय तहका लागि आवेदन भर्ने म्याद सकिन केहिदिन बाँकी रहँदा आयोगको अनलाईन आवेदन पोर्टलमा समस्या देखिएको हो। 

    अनलाइन फर्म भर्न आयोगेले तोकेको वेवपेजमा तीनदिनदेखि प्रयास गर्दा पनि लगइन हुन नसकेको पीडितको गुनासो छ। आयोगको अनलाईन सिस्टम कतिबेला लगइन नै नहुने, कतिबेला लोड नहुने सम्या देखिएको पीडितको गुनसो छ। यो  खबर नागरिक दैनिकमा छ।

    आयोगका सूचना अधिकारी देविप्रसाद सुवेदीले अन्तिम समयमा आवेदक बढेपछि फर्म बुझाउन समस्या भएको गुनोसो प्राप्ता भएको बताए। ‘लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएपछि के हुन्छ भन्ने अन्योलका कारण पनि पहिले धेरैको आवेदन आएन,’ उनले भने ‘अहिले आवेलन भर्नेको संख्या बढिरहेको छ।, एकैपटक धेरैले लगइन गर्दा समस्या भएको हो।’ सुवेदीका अनुसार हाल झण्डै ६० हजार भन्दा बढी निरन्तर छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]