काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : अधिकांशले दृष्टिलाई अनिवार्य मानेका छन्। परिणामस्वरूप हामीले लेख्न, पढ्न, सवारी चलाउनसहित असङ्ख्य गतिविधि गर्न दृष्टिको आवश्यकता महसुस गर्छौं। तर दृष्टि सबैका लागि त्यत्ति सहज भने छैन। यथार्थमा धेरैका लागि सामान्यरूपमा हेर्न पाउनु सङ्घर्षपूर्ण छ।
आँखाको दृष्टिसम्बन्धी समस्यामा मोतियाबिन्दु (क्याटरेट्स), खस्रेरोग (ट्राकोमा) प्रमुख हुन्। उमेर बढेसँगै नेपालमा मोतियाबिन्दु हुनुलाई सामान्य रूपमा लिइन्छ। मोतियाबिन्दु हटाउन संवेदनशील मानिने आँखामा सुई लगाएर शल्यक्रिया नै गर्नुपर्छ भन्ने खबर गाेरखापत्र दैनिकमा छ।
तर अमेरिकी चिकित्सकहरूले थोपाका रूपमा राख्न सकिने औषधिले मोतियाबिन्दुलाई विस्थापित गर्ने औषधिको खोज गरेका छन्। ‘आई ड्रपर’को सहयोगले उक्त औषधि आँखामा राख्न सकिनेछ। तर त्यो प्रयोगमा सफल अनुसन्धान प्रयोगमा भने आइसकेको छैन। नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा कोमल खड्काले भने आफ्नै पालामा उक्त खोज औषधिका रूपमा आउनेमा आशङ्का व्यक्त गरे। डा खड्काले मानवमा परीक्षण भएको छैन, परीक्षण सफल भएपछि कानुनी अड्चन पार गर्नुपर्ने बताउँदै भने, ‘अमेरिकाबाट नेपालसम्म आइपुग्न कम्तीमा एक दशक लाग्छ।’
यद्यपि समयमै आए आँखासम्बन्धी औषधीय विज्ञानमा चमत्कार र वरदान नै हुने बताए। शल्यक्रिया झञ्झटिलो, बढी समय लाग्ने, जोखिमयुक्त र खर्चिलो हुँदा ‘ड्रप’का रूपमा आउने औषधि छिटो आए आफूहरूका लागि पनि राहत हुने उल्लेख गरे।
विश्वका २८ करोड ५० लाख मानिसमा दृष्टिको समस्या छ । अस्ट्रेलियास्थित ‘फ्रेड होल्लोज फाउन्डेसन’का अनुसार विश्वमा आँखा नदेख्ने मानिसको सङ्ख्या तीन करोड ४० लाख रहेको छ । जसमध्ये ९० प्रतिशत व्यक्ति विकासशील राष्ट्रका छन्। तथ्याङ्कले आधाभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुका कारणले अन्धोपना हुने देखिएको छ। यथार्थमा अन्धोपना हुने प्रमुख कारणमध्ये एक मोतियाबिन्दु हो। सन् १९९२ मा स्थापित उक्त फाउन्डेसन अस्ट्रेलियासँगै अफ्रिका, दक्षिण र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा अन्धोपना हुन नदिन र दृष्टिमा समस्या भए उपचारमा केन्द्रित संस्था हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।