समाज

दुवै मृगौला काम नलाग्ने भएकी रिताले गरिन् सहयोगको याचना

असार ३, २०७६

    संखुवासभा : दुवै मृगौला काम नलाग्ने भएकी खाँदबारी नगरपालिका–१० की रिताकुमारी श्रेष्ठको उपचारमा समस्या भएको छ। उपचारका लागि उनलाई नोबेल हस्पिटल विराटनगरमा राखिए पनि रकम अभाव भएको श्रीमान् रामबहादुरले बताए। 

    रिताको उपचारमा सबै सम्पत्ति सकिइसकेकाले अब थप उपचार  गर्न सक्ने  अवस्था नभएको उनको गुनासो छ। उनका अनुसार दुवै मृगौला प्रत्यारोपणका लागि करिब ४५ लाख रुपैयाँ जम्मा गर्न चिकित्सकले भनेका छन्। 

    अहिले नगरपालिका र वडाको आर्थिक सहयोगका लागि सिफारिस पत्र लिएर रामबहादुर खाँदबारी आइपुगेका छन् । ‘दुई साना छोराहरु छन् । कमाइ गर्ने कोही छैन, श्रीमतीको उपचार कसरी गर्ने’, उनले भने।

    आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमती मृगौला प्रत्यारोपण गर्न नसकेकाले विभिन्न संघ संस्थासँग उनले सहयोगका लागि आग्रह गरेका छन् । आफ्नोे नाममा रहेको सानिमा बैंकको खाता नं. ०१३०११०४००००५८२ मा रकम जम्मा गरेर सहयोग गर्न रामबहादुरले सबैलाई अनुरोध गरेका छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]