काठमाडौँ : धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा...
पाल्पा : पाल्पामा सम्बन्धविच्छेदको माग माग गर्नेको पुरुषको संख्या बढेको छ। गत भदौदेखि नयाँ मुलुकी संहिता लागु भएपछि असार १ सम्म ६४ जना पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेदको माग गर्दै जिल्ला अदालत पाल्पामा मुद्दा दर्ता गरेको श्रेस्तेदार कृष्णमुरारी सिग्देलले जानकारी दिए।
उनका अनुसार २२ वटा मुद्दामा मेलमिलाप भएको छ। केही जोडी सहमतिसहित मिलेर घरमा गएका छन् भने केही जोडीलेै सम्न्धविच्छेद गरेका छन्। बाँकी मुद्दा विचाराधीन रहेको छ।
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका छन्। आफुले पठाएको रकमको सदुपयोग नभएको, बजारमा बस्ने बहानामा परपुरुषसँग सम्बन्ध बिस्तार गरेको र कतिपयको भने आफुले पठाएको रकमले किनेको जग्गा बिहेमा आएको दाइजोले किनेको भन्दै दावी गर्नेजस्ता व्यवहार श्रीमतीले गरेको भन्दै श्रीमानले सम्बन्धविच्छेद मागेको जिल्ला न्यायाधीश शंकरराज बरालले बताए।
यस्तै, सम्बन्धविच्छेद माग्ने महिलाको संख्या पनि बढेको छ। विगत वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा बढेको हो। महिला वादी भएका सम्बन्धविच्छेदका १३६ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये १०८ वटा मिलापत्र भएको छ। बाँकी २८ वटा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ। यस्ता मुद्दा सकेसम्म सहमतिमै मिलाएर पठाउने लक्ष्य अदालतको रहेको न्यायधीश बरालले बताए।
बढ्यो बलात्कारको घटना
पछिल्लो समयमा बलात्कारको घटना पनि बढेको छ। यो वर्षको असार १ गतेसम्म बलात्कारको ३० वटा मुद्दा अदालतमा दर्ता भएको छ। तीमध्ये १२ फछ्र्यौट भएको छ भने बाँकी १८ वटा विचाराधीन रहेको अदालतले बताएको छ। न्यायधीश बरालका अनुसार बालिका बलात्कारको घटना पनि बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।