समाज

धनकुटामा शिक्षण अस्पताल बन्ने

असार ३, २०७६

    धनकुटा : प्रदेश १ को पहाडी जिल्लामै पहिलोपटक सबैभन्दा बढी क्षमताको शिक्षण अस्पताल निर्माण हुने भएको छ। धनकुटा सदरमुकाममा प्रदेश सरकारले शिक्षण अस्पताल निर्माण गर्ने भएको हो।

    आइतबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न चार करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। धनकुटा जिल्लामा प्रदेशस्तरीय शिक्षण अस्पताल निर्माण हुने भएपछि स्थानीयमा खुशियाली छाएको छ।

    ललिपप मात्र नदेखाइयोस्

    प्रदेश १ को स्थायी राजधानी माग गर्दै पटक पटक आन्दोलन गरेको धनकुटाबासीलाई फकाउन प्रदेश सरकार लागि परेको छ। प्रदेशको स्थायी राजधानी धनकुटालाई बनाउन प्रदेश सरकारले नसकेपछि यसअधि प्रदेश स्तरीय शिक्षा विकास निर्देशनालय, स्वास्थ्य निर्देशनालय, मुख्य मन्त्रीको सम्पर्क कार्यालय र यातायात सेवा कार्यालय धनकुटामा स्थापना भइसकेका छन।

    तर, स्थापना भएको लामो समयसम्म पनि ती कार्यालयबाट सेवा प्रवाह नभएपछि कतै शिक्षण अस्पताल पनि प्रदेश सरकारले ललिपप मात्रै देखाउन खोजेको त होइन भन्ने शंका लाग्ने गरेको स्थानीय सुन्दरबाबु श्रेष्ठले बताए। ‘प्रदेशको राजधानी नभएपछि हामीले ५०० बेडको शिक्षण अस्पताल माग गरेका छौँ’, उनले भने ‘त्यसका लागि प्रदेश सरकारले बजेट विनियोजन त गरेको छ अब चाँडै कामको अपेक्षामा छौँ।’

    जग्गाको छनोट अन्तिम चरणमा

    धनकुटामा शिक्षण अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन अन्तिम चरणमा पुगेको बताइएको छ। यसअधि प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षण अस्पताल निर्माण समावेश गरेपछि त्यसका लागि धनकुटामा रहेको कृषि ज्ञान केन्द्र र चुलिवनमा रहेको ट्रस्टको जग्गा स्थलगत अनुगमन गरी छनोट गरिएको प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले बताइन्। यता धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले धनकुटामा प्रशस्त सरकारी जग्गा रहेकाले शिक्षण अस्पताल बनाउन जग्गा खाँचो नहुने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]