समाज

जाजरकोट–डोल्पा सडकमा व्यवसायीको मनोमानी, सरोकारवाला मौन

असार ३, २०७६

    जाजरकोट : एक दशकअघि डोल्पाका नागरिक दुई महिना लगाएर नेपालगन्ज र सुर्खेतबाट पिठ्युँमा नुन र खाद्यान्न ओसार्थे। अहिले ती दिन गएको छ। किनकि, डोल्पालाई सडक सञ्जालले जोडेको छ। तर, डोल्पावासीले यातायातका साधनमा हुने यात्रा भगवानको भरोसमा भएको छ।

    थोत्रा जिप, मनोमानी भाडा, क्षमताभन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले सवारी साधन सञ्चालन गर्दै आएका छन्। ठाउँमा ठाउँमा प्रहरी चौकी नहुँदा यातायात व्यवसायीले यात्रुहरुलाई कोचेर लाने गरेको डोल्पा मुड्केचुला गाउँपालिका–६ शुरका रवीन्द्र सिंह गुनासो गरे। 

    जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म सञ्चालनमा रहेका सवै सवारी साधनले सेवाभन्दा सास्ती दिने गरेको यात्रुहरुको गुनासो छ। सडकको बीचमा पुल नहुँदा आधा दर्जन ठाउँमा ओर्लिनुपर्ने बाध्यता रहेको छ। कुनै सामान र बालबालिकासँग यात्रा गर्दा समस्या हुने गरेको नलगाड नगरपालिका–११ का शशी बिकले दुखेसो पोखिन्।

    व्यवसायीहरुले प्रहरी चौकी भएको ठाउँभन्दा १०० मिटरअघि नै यात्रुलाई झारेर हिँड्न लगाउने गरेका छन्। कच्ची, धुलाम्य र अप्ठ्यारो सडकमा यात्रा गर्दा धुलोका कारण मानिस नै नचिनिने ठूलीभेरी नगरपालिका–५ का रामबहादुर रोकायले बताए। 

    ११८ किलोमिटर यात्रा गर्दा दुई हजार ५०० रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ। चालक अनुमतीपत्र नभएका चालकले चलाएको थोत्रा जिपमा क्षमताभन्दा बढी यात्रु राख्दा कति खेर जिन्दगी जान्छ भन्दै यात्रा गर्नु परेको रोकायले बताए। जिपको अगाडीको सिटमा ४ जना राख्ने गरिन्छ। जसका कारणल चालकलाई गाडी चलाउन नै अप्ठ्यारो हुने गरेको यात्रुहरु बताउँछन्। पछाडिको भागमा छुट्टै सिट जोडेर सिट नै नभएको ठाउँमा किचाकोच यात्रुहरु भरेर बोक्ने गरिँदै आएको छ।

    जिपको छतमा कम्तीमा पनि पाँच जनाभन्दा बढी राखेर सञ्चालन हुने गरेका छन्। यता जिल्ला प्रहरी कार्यालय, जाजरकोट र डोल्पाले जथाभावी यात्रुहरु बोक्न नदिन कडाइ गरिएको भने पनि त्यो कार्यान्वयन हुन  सकेको छैन। सडक विभागले जिम्मा नलिएको यस सडकमा आधा दर्जन पुल निर्माण हुन बाँकी छ। 

हेमन्त केसी

 केसी थाहा खबरका सुर्खेत समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]