राजनीति

संसदमा कांग्रेसको अवरोध, रोष्ट्रममा पुगेका प्रधानमन्त्रीले पाएनन् बोल्न

असार ३, २०७६

    काठमाडौं : प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन तय भएको प्रतिनिधिसभा बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो। सम्बोधन गर्नका लागि रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओली सम्बोधन नगरी फर्किएका हुन्। 

    प्रधानमन्त्रीले युरोप भ्रमण र समसामयिक राजनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

    ९ दिने युरोप भ्रमण र गुठी विधेयकमाथि उठेको विरोधमा संसदमा सम्बोधन गर्ने तयारी गरेर प्रधानमन्त्री संसद भवन नयाँ बानेश्वर पुगेका थिए। ११ बजे बोलाइएको बैठक कांग्रेसले आफ्ना सांसदले बोल्न पाउनुपर्ने माग राखेपछि १२ बजे मात्रै बसेको थियो। 

    सभामुख कृष्णबहादुर महाराले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग चरणचरणमा छलफल गर्दा पनि सहमति भएको थिएन। सहमति नभइकनै बैठक संचालन भएपछि कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए। 

    सभामुख महराले प्रतिपक्षका सांसदहरूलाई पटकपटक बस्न आग्रह गर्दा पनि अवरोध नहटेपछि सभामुखले बुधबारसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाएका थिए। 

    संसदको अवरोध हेर्नुस् फोटोमाः

    संसद बैठक अवरुद्ध गर्दै कांग्रेस सांसद

    सम्बन्धित समाचारः

    भिडियोः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]