राजनीति

कांग्रेसको संसद अवरोधले गुठी विधेयकबारे बोल्न पाइनँ, दुःखी छु : प्रधानमन्त्री

रोष्ट्रममा प्रधानमन्त्री ओली
असार ३, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी दलको सदन अवरोधका कारण रोष्ट्रममा उक्लिएर पनि एक शब्द बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा दुखेसो पोखेका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विवादमा रहेको गुठी विधेयक र हालै सम्पन्न भएको युरोप भ्रमणबारे जानकारी दिन रोष्ट्रममा पुगेका थिए। समसायिक राजनीतिक विषयमा पनि आफ्ना धारणा राख्ने तयारीका साथ प्रधानमन्त्री रोष्ट्रममा पुगेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले पहिला आफूले बोल्न पाउनुपर्ने माग राखेर संसदमा नाराबाजी गरेको थियो।

    कांग्रेसका सांसदहरूको अवरोधप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, 'प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई आज जानकारी गराउन पाइनँ। यस घटनाबाट दुःखी छु।'

    पढ्नुहोस् :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]