काठमाडौं : केही महिनाअघि घोषणा गरिएको आइफोनद्वारा खिचिएको चलचित्र 'अ प्लेस अन्डर द सन' विदेशी एप्पल टीभी, पराइम टीभी, पीक जस्ता अम...
तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनीमा
काठमाडौं- राजधानी र मोफसलमा शुक्रबार एक साथ तीन नेपाली फिल्म प्रदर्शनीमा छन्। ती चलचित्रमाथि भिलेन बनेर आइपुगेको छ बर्षात्।
पदर्शनी वीपी कोइरालाको कृति तीन घुम्तीमाथि बनेको चलचित्र 'तीन घुम्ती'लाई शुक्रबार र शनिबारको निरन्तरको बर्षाले असर पारेको छ। पानी परेकै कारण हलसम्म कम दर्शक पुगेपछि समस्या परेको हो ।
ऋषि न्यौपाने निर्देशित चलचित्र लाले र दार्जिलिङमा बनेको अर्को नेपाली भाषाको चलचित्र अनमोल क्षण प्रदर्शनीमा छन्। यी दई फिल्ममा पनि बर्षात् भिलेन बन्न थालेको हल सञ्चालकहरुको भनाइ छ।
गोपिकृष्ण हल चावलिहमा शनिबार दर्शकको उपस्थिति निकै कम रहेको प्रबन्ध निर्देशक तर्ीथ पौडेलले जानकारी दिए। शुक्रबार र शनिबार चलचित्रको व्यापार अत्यन्त खस्किएको उनले बताए।
नेपाली फिल्म राम्रो चल्ने काठमाडौंका गुण, गोपिकृष्ण, अष्टनारायणलगायतका सिनेमा हलमा लाले र अनमोल क्षण मात्र हैन, तीन घुम्तीको व्यापार पनि राम्रो हुन सकेको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।