काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
बुटवलः भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट एक पेस्तोल र १३ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतका लखनउस्थित सिन्दु नगरका ५० वर्षीय उमेश शुक्लाको साथमा एक पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई म्यागजीनसहित १३ राउढड गोली फेलापरेपछि प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलमा एक्सरे मेसिनमा चेक गर्दा मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराजा भण्डारीले जानकारी दिए। डिएसपी भण्डारीले पक्राउ परेका शुक्लामाथि थप अनुसन्धान भइरहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।