काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
रुकुम : ३ किलो ८५० ग्राम अवैध लागुऔषध अफिमसहित पक्राउ परेका ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिम आठविसकोट नगरपालिका १ रोकाजा बस्ने वर्षीष ३५ का मनबहादुर बुढा रहेका छन।
जिल्लाको आठबिसकोट नगरपालिका छेपारे, चिसापानी लगायतका विभिन्न वडा एरियाहरूमा लागुऔषधको ओसार पसार तथा खरिद बिक्रीको कारोबार भइरहेको छ भन्ने प्राप्त विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीने उनलाई केही दिन अघि प्रक्राउ गरेको हो।
आठविसकोट नगरपालिका १४ छेपारेस्थित बाटोमा बुढाले खैरो रंगको झोला बोकी शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी उनलाई रोकेर सोधपुछ गर्ने क्रममा उनले प्रहरीलाई हातपात गरी,ढुंगा प्रहार गर्दै भाग्न खोज्दा निजलाई नियन्त्रणमा लिनको लागि खटिएको प्रहरी टोलीले एक राउण्ड हवाई फायर समेत गर्नु परेको थियो। उनको साथबाट ९ हजार रुपैयाँ सँगै मोवाइल लगायतका अन्य सामग्रीहरू पनि बरामत गरिएको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।