समाज

फिर्ता भयो विधेयक तर भएनन् फिर्ता विरोधका कार्यक्रम

असार ३, २०७६

    काठमाडौं : उपत्यका गुठीयारले राष्ट्रियसभामा पेश भएको गुठी विधेयकफिर्ताको माग गर्दै बुधबारको लागि उपत्यकामा विरोध प्रदर्शनका कार्यक्रम राखेका थिए। कार्यक्रम सफल बनाउनको लागि टोल-टोलमा प्रचा-पम्प्लेट छारिएको छ।

    गुठीयार र नेपाली कांग्रेस लगायतका राजनीतिक दलको मागलाई ध्यान दिदै सरकारले गुठी विधेयकफिर्ता लिने निर्णय गरेको छ। सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्‍यक भएको भन्दै गुठी विधेयक फिर्ता लिएको हो।

    गुठी विधेयक फिर्ता लिउको विषयलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र उपत्याकाका गुठीयारहरूले स्वागत गरका छन्। काठमाडौं क्षेत्र नम्बर १० का कांग्रस सांसद राजेन्द्र केसी जनताको मागलाई कांग्रेसले उठाएको र विधेयकफिर्ता हुनु जनताको जीत भएको दाबी गर्छन्। ज्यापू महागुठीका अध्यक्ष राजभाइ जतनी नेवार समुदायको भावनालाई बुझेर सरकारले विधेयकफिर्ता लिएकोमा धन्यवाद दिनु पर्ने बताए।

    तर, सरकारलाई दवाव दिनको लागि राखिएको विरोध प्रदर्शनको कार्यक्रम भने फिर्ता लिएको छैन। ’११ बजे माइतिघरमा व्यापक विरोध प्रदर्शन हुने छ, यसको १० बजे नै ललितपुरमा पुल्चोकमा जम्मा भएर काठमाडौंमा बसन्तपुरमा जम्मा भएर र भक्तपुरबाट कोटेश्वरमा जम्मा भएर माइतिघरमा आउने कार्यक्रम राखेका छौँ’ जतनीले भने।

    उनले विधेयकफिर्ता भएपछि किन प्रदर्शन भन्ने प्रश्नमा भने ‘हाम्रो पिलो चरणको माग पूरा भएको तर दोस्रो चणका माग पूरा गराउनको लागि प्रदर्शन आवश्‍य छ, प्रदर्शन स्वरुप भने परिवर्तन गर्ने छौँ।’ उनले दोस्रो चरणको माग अन्तर्गत गुठीयारको भावना समेटेर विधेयकपुर्नलेखन गर्नु पर्ने माग रहेको बताए।

    यस अघि उपत्यका गुठीयारले काठमाडौंमा मसाल जुलुस निकालेका थिए। सरकारले भने कांग्रेसलाई संकेत गर्दै भ्रम छरेर उत्तेजना फैलाउने काम भएको आरोप लगाएको छ। यस अघि विरोधका कार्यक्रममा समर्थन रहेको जनाएको प्रमुख प्रतिपक्ष कांग्रेसले अब के गर्ने भन्ने सवालमा भने निर्णय सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]