काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मोरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लम...
चामलमा लगाइएको बन्देज हटाइयो
काठमाडौं : अब इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा गर्न नपाइने भएको छ। सरकारले यस्तो जुसमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी गराएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना निकाल्दै शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स (जुस) को आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।
त्यस्तै सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको छ। मन्त्रिपरिषदको गत जेठ १० गतेको बैठकको निर्णयको आधारमा तयार सूचनालाई आधार मानेर मन्त्रालयले व्यापार घाटा न्यूनीकरण कार्ययोजनाअनुसार यो सूचना सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार ताजा तरकारी र फलफूलको आयात गर्दा भन्सार विन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गरी मात्र आयात गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
हिमाली क्षेत्रमा उत्पादन हुने चामल निकासीमा लगाएको परिमाणात्मक बन्देज हटाइएको छ। यसैगरी रहरको निकासी खुला गरिदिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।