राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

असार ३, २०७६

    काठमाडौंL   सिंहदरबारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। ‘विधेयकहरू विरुद्धको आवाज र प्रदर्शनलाई प्रधानमन्त्रीले ‘लोकतन्त्र र विकास विरोधी’को संज्ञा दिनु घोर आपत्तिजनक छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    हिजो निर्वाचनमा मत दिई रहँदा तिनै नागरिक ‘महान्’ आज विरोधमा उभिंदा लोकतन्त्र विरोधी? कसरी भए कांग्रेसको प्रश्न छ। कांग्रेसले प्रतिनिधिसभाका सभामुखबाट फेरी पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भूमिका प्रस्तुत हुनु दुःखद भएको जनाएको छ।

    सरकार बहुमतको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन नसकेको भन्दै कांग्रेसले प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा संसदमा आजको घटना भएको जनाएको छ।

    गुठी, मिडिया काउन्सील, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयकहरु अधिनायकवाद उन्मुख आकांक्षालाई पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएका कांग्रेसको ठहर छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]