काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। म...
काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। साविक गाविसका लागि प्राप्त भएको सरकारी रकम हिनामिना गरेको भन्ने आरोपमाथि छानबिन गर्दा सचिव झाले ६३ लाख एक हजार ७१ बराबरको अनियमितता गरेको पाइएको आयोगले जनाएको छ।
सरकारी स्रोतबाट प्राप्त भएको रकम बदनियत राखी हिनामिना गरेको पाइएकाले बिगो असुल गरी कैद सजायको समेत माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर सिमुहाङ किराँत र सबइन्जिनियर नइन्द्र पारोहाङ राईलाई घुस लिँदै गरेको अवस्थामा आज उनीहरूकै कार्यालयबाट पक्राउ गरिएको आयोगले जनाएको छ।
बाटो मर्मतको बिल भुक्तानी गर्ने प्रयोजनका क्रममा सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा इन्जिनियर सिमुहाङ र २० हजार घुस मागेको अभियोगमा नइन्द्रलाई पक्राउ गरिएको र उनीहरूको अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।