काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
सर्लाही : विद्यालयमा पठनपाठन बन्द गरिएको छ।
आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यलायको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। लगत्तै सोमबारबाट जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए। मंगलबारसम्म आइपुग्दा जिल्लाका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् भन्ने खबर नागरिक दैनिकमा छ।
जसअनुसार चार सय ६३ वटा सामुदायिक तथा २ सय ५० भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द भएको हो। अत्याधिक गर्मीले विलयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी अनुपस्थित हुन थालेपछि ननगरभित्रका सबै विद्यलाय बन्द गरिएको लालबन्दी नगरपालिकाकका शिक्षा शाखाका संयोजनक वासुदेव तिमल्सिनाले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।