राजनीति

कांग्रेसले गर्‍यो १८३ जनालाई कारबाही

असार ४, २०७६

    काठमाडौ‌ं :  नेपाली कांग्रेसले  २०७४ सालमा  मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारकाविरुद्धको गतिविधिमा संलग्न २५ जिल्लाका १८३ जनालाई कारवाही गरेको छ। 

    पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारकाविरुद्ध बागी उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई विधानतहः कारवाही गरेको हो।

     साथै बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए।  समितिले त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई निर्देशन दिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]