समाज

फोक्सिनटार-धाप्लाङ जलयात्राका लागि सुनकोसीमा र्‍याफ्टिङ परीक्षण

असार ४, २०७६

    उदयपुर : सुनकोसी नदीमा र्‍याफ्टिङ परीक्षण गरिएको छ। रौतामाई गाँउपालिकाकाले वडा नम्बर ५ देखि त्रियुगा नगरपालिका–१४ को साउने धाप्लाङसम्म सुनकोसी नदीमा र्‍याफ्टिङ परीक्षण गरेको हो।

    मंगलबार अनुभवी र्‍याफ्टिङ टोलीलाई ल्याएर सुनकोसी नदी किनारमा पर्ने फोक्सिनटारदेखि धाप्लाङसम्म जलयात्राका लागि परीक्षण गरिएको रौतामाई गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए। उनले भने, ‘पर्यटन विकास तथा जलयात्राबाट स्थानीयहरुलाई समेत छिटो छरितो तरिकाले सेवा बिस्तार गर्न र्‍याफ्टिङको परीक्षण गरिएको हो।’

    परीक्षण टोलीले फोक्सिन्टारदेखि धाप्लाङसम्म र्‍याफ्टिङका लागि राम्रो क्षेत्र रहेको निष्कर्ष निकालेको छ। ‘र्‍याफ्टिङका लागि कुनै जोखिम नरहेको परीक्षण गर्न आएको टोलीले जानकारी दिएको छ,’ रौतामाई गाँउपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भने, ‘परीक्षणमा सफल भएकाले व्यवसायिक विकास गर्ने गरी गाँउपालिकाका लागिपरेको छ।’

    उदयपुरको चर्चित धार्मिकस्थल रौतामाई दर्शन गर्न आएका झक्तजनलाई रौतामाईको सुनकोसी फेदीमा पर्ने फोक्सिनटारदेखि सुनकासरीको चतारा धार्मिक स्थलसम्म र्‍याफ्टिङबाट जान सक्ने गरी नियमित सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष खड्काको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]