विश्व

विकनी फाेटो फेसबुकमा पाेस्ट गर्ने डाक्टरको लाइसेन्स नै खारेज

असार ४, २०७६

    डाक्टरको अभाव भइररहँदा म्यानामार मेडिकल काउन्सिलले एक महिला डाक्टरको लाइसेन्स नै खारेज गरेको छ। 

    म्यानमारको मेडिकल काउन्सिलले सामाजिक सञ्जाल फेसबुकमा विकनीको फोटो पोष्ट गरेको आरोपमा लाइसेन्स खारेज गरेको हो। काउन्सिलले यो आपत्तिजनक र बर्माली कानुनविपरीत भनेको छ। 

    काउन्सिलले गत ४ जुनमा म्यानमारकी डाक्टर २८ वर्षीया नाङ्ग म्वे सानको लाइसेन्स खारेजीको पत्र दिएको हो। त्यसमा उनलाई अनुचित त आपत्तिजनक कपडा लगाएको आरोप छ। 

    काउन्सिलको पत्रमा भनिएको छ, पटकपटक यस्तो नगर्न चेतावनी दिँदा पनि उनले नसुनेको र बर्मेलीे परम्पराकोविरुद्ध भएकोले लाइसेन्स नै खारेज गर्नु परेको उल्लेख छ। 

    जनरल फिजिसियन सैन चार वर्षदेखि चिकित्सकका रुपमा कार्यरत रहेकी थिइन् भने २ वर्षदेखि मोडलिङ पनि गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। यो कानुनविपरित भएको भन्दै उनी अदालत जाने चेतावनी दिएकी छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]