काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली चलचित्र महाजात्रा हेर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीका साथ ...
काठमाडौं : नेता र मन्त्रीहरूकै अगाडि उभिएर, उनीहरूकै आवाजको नक्कल गरिरहेका हास्यव्यंग्य कलाकार सुबोध गौतमका थुप्रै रमाइला भिडियोहरु युट्युबमा भेटिन्छन्। पछिल्लो समय 'क्यारिकेचर किङ'का रुपमा फ्यानहरुले सम्बोधन गरे पनि गौतम आफूलाई हास्यविधाको जुझारु विद्यार्थी मात्र भन्न रुचाउँछन्।
'अबको हास्यब्यंग्य अतिरन्जित नभएर न्यायसङ्गत हुनुपर्छ,' उनी भन्छन्, 'अर्काको उछित्तो काढ्नु र क्यारिकेचर गर्नु मात्र हास्यव्यंग्य होइन।' तर पनि यसपटक उनले आफ्नो कार्यक्रम 'हाँस्ने घर'मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हाउभाउसहित प्यारोडी दोहोरी प्रस्तुत गरेका छन्।
नेकपाको एकता विवादमा जनताको चासो बढिरहेका बेला दाहाल ओलीको चोटिलो र पोटिलो दोहोरी, ऋषि धमलाको रूपमा सुमन कार्कीको रोचक र घोचक समाचार अर्थपूर्ण छन्। यसअघिको 'हाँस्ने घर'बाट राजु भुजेल र सरापेसगको इङ्लिस भाइरल भएको थियो।
'यसपाली गृहमन्त्रीज्यूको सामान्य कार्टुन पनि प्रयोगमा ल्याएको छु' गौतम जिस्किँदै भने, 'बादलले मादल नबजाए हुन्थ्यो।' 'भद्रगोल'मा 'एदुमे' को भूमिका र देश विदेशका मञ्चहरूमा व्यस्त रहेको हुनाले 'हाँस्ने घर' अस्तव्यस्त हुन पुगेको उनको भनाइ छ।
अस्ट्रेलियाबाट फर्केपछि सुबोधलाई उत्तर एसियन देशहरुमा जाने मौका मिलेको छ। गएको वर्ष ठूलो पर्दामा काम गर्न चारवटा चलचित्रको अफर आउदा पनि काम नगरेको र टिभी कार्यक्रमको बारेमा भने आफूले सोचिरहेको उनले बताए।
भिडियोः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।