समाज

माइतीघर मण्डलमा विशाल खबरदारीसभा

असार ४, २०७६

    काठमाडौं : सरकारले संसदमा प्रस्तुत गरिएको गुठी विधेयक फिर्ता लिने घोषणा गरे पनि काठमाडौंका नेवार समुदायले  माइतीघर मणडलमा विशाल खबरदारीसभा गरिरहेको छ।

    गुठी विधेयक प्रतिरोध समितिले यसअघि नै माइतीघर मण्डलामा विधेयकको प्रतिरोधका लागि प्रदर्शन गर्ने घोषणा गरेको थियो। उपत्यकाका विभिन्न स्थानबाट गुठी विधेयकको विरोधमा प्रदर्शनकारीहरूले खबरदारी गरिरहेका छन्। माइतीघर मण्डलादेखि थापाथली चोकसम्म र सिंहदरबार पश्चिम गेटदेखि माइतीघर हुँदै भद्रकाली पेट्रोलपम्पसम्म हजारौं संख्यामा पदर्शनकारीहरू जम्मा भएका छन्।

    प्रतिरोध कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले विधेयक फिर्ता लिनु सकारात्मक भए पनि 'प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषालाई सहज र मर्यादिन रुपमा लिन नसकिएकाले' विरोध कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए।

     प्रेस विज्ञप्तीमार्फत संयोजक श्रेष्ठले 'विधेयकमा भएको त्रुटिलाई सरकारले स्पष्ट भाषामा स्विकार नगरेकाले निरन्तर खबरदारी आवश्यक रहेको' बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]