स्वास्थ्य

ल्याब टेक्निसियनलाई विशेषज्ञ चिकित्सकको जिम्मेवारी दिएको भन्दै काउन्सिलमा उजुरी

असार ४, २०७६

    काठमाडौं :  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागले गैरचिकित्सकलाई विशेषज्ञ चिकित्सकका रूपमा काम गराएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।

    विभागको अर्थोडेन्टिक्स तथा डेन्टोफेसिय अर्थोपेडिकल विभागमा दुईजना ल्याब टेक्निसियनलाई वर्षौंदेखि विशेषज्ञ चिकित्सकको रूपमा काम गर्दै आएको भन्दै भन्दै उजुरी परेको हो।

    नेपाल डेन्टल एसोसिएसनको तर्फबाट परेको उक्त उजुरीपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतलाई बोधार्थ दिइएको छ। एसोसिएसनका महासचिव डा कुम्भराज जोशीले हस्ताक्षर गरेको उजुरीमा गैरचिकित्सकलाई विशेषज्ञ बनाई काम गराएको विषयमा विभाग र सम्बन्धित जिम्मेवार व्यक्तिलाई पटकपटक जानकारी गराउँदासमेत अटेरी गरेको उल्लेख छ ।

    एसोशिएसनले जारी गरेको विज्ञप्तिम भनिएको छ, ‘सरकारको यति ठूलो संस्थामा गैरचिकित्सकलाई चिकित्सकको रूपमा प्रस्तुत गराएर प्राक्टिसमा सहभागी गराउँदा यसले त कुट चिकित्सक (Quackary) लाई प्रोत्साहन गर्छ । व्यक्तिगत लाभ र कुत्सित मनसायबाट यो काम किन भइरहेको छ।‘पत्रमा यस्ता अभ्यासले विरामी र चिकित्सा पेशालाई ठग्ने काम भइरहेको भन्दै यो कार्यमा सम्लग्न व्यक्ति तथा संस्थालाई कडा कारबाही गर्नसमेत माग गरिएको छ।

    यता, नेपाल मेडिकल  काउन्सिलले भने काउन्सिलमा परेको उजुरीलाई राम्रो संग छानविन गर्ने बताएको छ। काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माका अनुसार चाँढै नै घटनाको बारेमा छानविन हुने बताए। उनले भने, ‘उजुरी परेको छ, हामीले भोलिबाट छानविन गर्छौं होला।'

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]