काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।
अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुईतिहाइ मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको टिप्पणी गरेका थिए।
थापाले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढने अनकन्टक लक्ष्य लिएको कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार र दिशाहीन बन्न पुगेको प्रमुख प्रतिपक्ष कांग्रेसले पटकपटक बेइमानी गरेको उल्लेख गर्दै जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रूपमा लिएको दाबी गरे।
अध्यक्ष थापाले कांग्रेस–कम्युनिस्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आमजनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दाबी गरे।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने दृढता पनि व्यक्त गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।