राजनीति

सरकारको छवि धमिलिने स्थिति बनेको प्रधानमन्त्रीको गुनासो

गल्ती नगर्न मन्त्री र सचिवलाई निर्देशन

असार ४, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि छवि धमिल्याउने प्रयास भएको गुनासो गरेका छन्। राष्ट्रिय समस्या समाधान समितिको ४५औँ बैठकमा उनले यस्तो गुनासो गरेका हुन्। 

    'सरकारको छवि उज्यालिएला भनेको धमिलिने स्थिति बनेको छ', आफ्नै अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने। उनले सरकारलाई असहयोग गर्ने वतावरण सिर्जना गरिएको समेत आरोप लगाएका छन्। 

    'असहयाेगकाे वातावरण चौतर्फी रूपमा सिर्जना गरिएको छ। सरकारलाई बदनाम  गर्ने प्रयास गरिएको छ। सरकार बेठिक छ भन्ने पार्न खोजिएको छ', प्रधानमन्त्री ओलीले भने। उनले राजनीतिक रूपमा मात्रै नभइ सरकारी संयन्त्रबाट समेत हमला हुने गरेको गुनासो गरेका थिए। 

    'राजनीतिक हमला भएका छन् नै, सरकारी निकायबाट जानेर-नजानेर असहयाेग भएकाे छ', प्रधानमन्त्री ओलीले भने, 'कसैले भन्न नपाउने गरी गल्ती नै नगरौँ समस्या समधान हुन्छ।'

    वित्तीय संघीयता कार्यान्वयनको सवालमा सरकारले सफलता प्राप्त गरेको प्रधानमन्त्रीको दाबी थियो। उनले नयाँ प्रणाली संचालन गर्दासमेत बिना विवाद स्थापित गरेको दाबी गरे। 'टेलरले कोट, पाइन्ट नापेर बनाएपछि त फेरी उधारेर बनाउने गर्छ, हामीले त नयाँ प्रणालीको विकास गरेका हौँ। यसमा सफलता पाएका छौँ', प्रधानमन्त्री ओलीलले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]