स्वास्थ्य

मापदण्ड विपरीतका ‍औषधी पसलमा सिलबन्दी

असार ४, २०७६

    जनकपुरधाम : जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी गरेको छ।

    अनुगमनको क्रममा मापदण्ड विपरीत संचालित औषधी पसलमा जिल्ला स्वास्थ्य कार्यालयको अनुगमन टोलीले बुधबार सिल गरेको हो।

    जनकपुर अंचल अस्पताल वरिपरी अनुगमन गर्दा कानून विपरीत संचालनमा रहेका ११ औषधी पसल सिल गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिपेन्द्र रामले जानकारी दिए। उनकाअनुसार आरुषी मेडिकल हल, आमना क्लिनिक, आभाष मेडिकल हल, महेन्द्र मेडिकल हल, निलु फार्मेसी, मिरा औषधी केन्द्र, राम मेडिकल हलमा सिलबन्दी गरिएको हो।

    खोप अधिकृत रामले तत्काल २० दिनका लागि औषधी पसलहरू सिल गरिएको बताए। उनले २० दिनभित्र प्रक्रिया पुर्‍याउन निर्देशन दिएको र पालना नगरी संचालनमा ल्याए कानुन बमोजिम कारबाही गर्ने बताए। कतिपय औषधी पसलले अनुमति लिए पनि बिल नदिने गरेको र बिलमा ब्याच नम्बर तथा अन्तिम मिति उल्लेख नगर्ने गरेको पाइएकोले पनि पसल सिल गरिएको उनले जानकारी दिए।

    औषधी पसल संचालनको मापदण्ड पूरा गर्न पटकपटक यसअघि नै स्वास्थ्य कार्यालयले आग्रह गरेका थिए। तर औषधी पसलका संचालकहरूले अटेरी गरेपछि अनुगमन गरी कारबाही सुरु गरिएको हो। अनुगमन गर्न पुग्दा एक दर्जन बढी औषधी पसल बन्द गरेर संचालकहरू फरार भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]