काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली चलचित्र महाजात्रा हेर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीका साथ ...
मुम्बई- केही सातायता सार्वजनिक कार्यक्रममा देखा पर्न छाडेकी अभिनेत्री करिना कपुर आमा बन्दैछिन्। उनका पति एवं अभिनेता सैफअली खानले यो कुरा पुष्टी गरेका छन्। आफ्नो नयाँ सन्तान हुन लागेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।
सैफअलीले भने, 'तपाईंहरु सबैको आर्शिवाद र साथको लागि धन्यवाद, डिसेम्बरमा हाम्रो पहिलो सन्तानको यो धर्तीमा आगमन हुने कुरा सुनाउन पाउँदा मलाई खुसी लागेको छ र मिडियालाई पनि सम्मानित व्यवहार एवं यो बिषयको धैर्यताको लागि धन्यवाद।'
सन २०१४ मा सैफअली र करिनाको विवाह भएको थियो। त्यसपछि फिल्ममा फर्किएकी करिनाले बजरंगी भाइजानसहित केही फिल्म खेलेकी थिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।