अर्थ : कर्पोरेट

काठमाडौंमा टाटा मोटर्सको 'मनसुन मेनिया'

असार ४, २०७६

    काठमाडौं : टाटा मोटर्सले नेपालमा मसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ। टाटा मोटर्सका लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले मनसुनको अवसरमा 'मनसुन मेनिया' कार्यक्रम गर्न लागेको हो।

    मनसुन मेनिया टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक शोरुममा असार ४ देखि ८ गतेसम्म हुने बताइएको छ।

    मनसुन मेनिया कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायत गाडीहरूको अवलोकन तथा टेस्ट ड्राइभ गर्न पाउने बताइएको छ। त्यस्तै, जुनसुकै ब्रान्डका गाडीहरूमा पनि 'एक्सचेन्ज'को सुविधा उपलब्ध गराइने सिप्रदीले जानकारी दिएको छ।

    उक्त कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा विशेष सुविधा, प्रत्येक बुकिङमा स्मार्ट फोन, प्रत्येक गाडीको मुल्यांकनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आकर्षण रहेको पनि सिप्रदीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]