विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ...
भारतको लोकसभा स्पिकर (सभामुख)मा ओम बिरला निर्विरोध निर्वाचित भएका छन्।
भारतीय जनता पार्टीको एकल बहुमत वाला लोकसभामा बिरलालाई बुधबार सभामुखमा निर्विरोध निर्वाचित गरिएको हो।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिरलाको नाम प्रस्ताव गरेका थिए। जसलाई प्रतिपक्षी दल कांग्रेस, तृणमूल, द्रमुक, बीजदसमेत दलले समर्थन गरेका थिए।
कोटा-बूंदीबाट हालै सम्पन्न लोकसभामा निर्वाचनमा निर्वाचित भएर आएका बिरलाले मंगरबार सभामुखका लागि नामांकन भरेका थिए।
बिरला भारतीय जनता पार्टीको सहयोगी हिन्दुवादी संगठन राष्ट्रिय स्वयम् सेवक संघ निकट व्यक्ति मानिन्छन्। त्यसैगरी उनको भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग पनि राम्रो सम्बन्ध रहेको भारतीय संचार माध्यमले लेखेका छन्।
बिरला २४ घण्टा राजनीतिमा सक्रिय रहेको भन्दै मोदीले प्रसंसा गरेका थिए। समाजसेवामा सधैँ लागिरहेका बिरला पूराना नेताहरूसँग पनि परिचित रहेको मोदीले बताएका छन्।
भारतीय संसदीय व्यवस्थामा दुई सदन छन्। लोकसभामा सभामुख रहन्छन् भने राज्यसभाको बैठकको संचालन उपराष्ट्रपतिले गर्ने चलन छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।