समाज

नेपालमा मनसुन सुरु, गत वर्षभन्दा ११ दिन ढिला

फाइल फोटो
असार ५, २०७६

    काठमाडौं : नेपालमा यो वर्षको मनसुनी गतिविधि सुरु भएको छ। पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने आज बेलुकी वा भोलिसम्ममा गरिने जल तथा मौसम विज्ञान विभागका मीनकुमार आर्यालले जानकारी दिए।

    मौसमविद् अर्यालका अनुसार मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको छ। यो वर्ष मुनसुन गत वर्षभन्दा ११ दिन ढिला गरी सुरु भएको हो। गत वर्ष जुन ८ मै नेपालमा मनसुन सुरु भएको थियो। मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।

    गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको मौसमविद् अर्यालले बताए। यो वर्ष मनसुन अवधिमा प्रदेश १, २ , ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ। 

    मौसमविदहरूको साउथ एसियन आउटलुक फोरमका अनुसार यी प्रदेशहरूमा औसत भन्दा कम पानी पर्ने देखिएको हो। फोरमका अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने यो वर्ष औसतभन्दा बढी पानी पर्ने आँकलन गरिएको छ। मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश भागको मौसम बदली भएको छ भने पूर्वीसहित केही भेगमा पानी परिरहेको छ। 

    बिहीबार सबैजसो भागको मौसम आंशिकदेखि सामान्य बदली भई पूर्वी भेगका धेरै र मध्य तथा पश्चिमका केही स्थानमा पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिए।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]