खेलकुद

अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

असार ५, २०७६

    कोपा अमेरिका फुटबलमा अर्जेन्टिना पाराग्वेसँग बराबरी रोकिएको छ।   बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना र पाराग्वेले १–१ गोलको बराबरी खेले। 

    निकै उत्कृष्ट खेल खेलेको पाराग्वेले अर्जेन्टिनालाई लगातार दाबब बनाएको थियो। ३७ औं मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो। पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए। 

    पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफ ५४ औं मिनेटमा पेनाल्टी पाएको थियो।  पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए। पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए।

    त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए। पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ। समूह बीमा रहेको अर्जेन्टिनाको एक अंकमात्र छ।  ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ । अबको खेलमा कोलम्बिायलो पाराग्वे र अर्जेन्टिनाले कतारसँग खेल्नेछन्।  यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]