विश्व

इरानले खसालिदियो अमेरिकाको जासुस ड्रोन, तनाव चुलियो

असार ५, २०७६

    एजेन्सी : इरानको रिभोल्युसनरी गार्डले अमेरिकाको एउटा जासुस ड्रोनलाई गोली हानेर खसालेको दाबी गरेको छ। दुई देशबीचको तनाव चुलिइरहेका बेला इरानबाट यस्तो समाचार आएको हो । 

    अमेरिकाले खाडीको सागरक्षेत्रमा  इरानका तेल ट्यांकरमाथि सैन्य अभियान छेडेपछि इरानले अमेरिकी जासुस ड्रोन खसालिदिएको छ। आफ्नो आकाश क्षेत्र उलंघन गर्दै आएको उक्त अमेरिकी जासुस ड्रोनलाई सेनाले खसालिदिएको जानकारी इरानको सरकारी टेलिभिजनले दिएको छ ।

    अमेरिकामा निर्मित ग्लोबल हक ड्रोनलाई इरानी सेनाले देशको दक्षिणी क्षेत्रस्थित होर्मोजगान राज्यको आकाशबाट खसालिदिएको जानकारी  अंग्रेजी भाषाको प्रेस टेलिभिजनले दिएको हो । 

    इरानले अमेरिकाको आरक्यू-४ ग्लोब हक जासुस ड्रोनलाई खसालिदएपछि यी दुई देशबीचको तनाव अझै चुलिने अनुमान गरिएको छ। इरानले खाडीको सागर क्षेत्रमा अमेरिकाले गरिरहेको हस्तक्षेप प्रयासको निन्दा गर्दै उसको अपरेशनको औचित्य सावित गर्न पनि चुनौती दिएको छ ।

    अमेरिकी अधिकारीले अघिल्लो साता पनि इरानले आफ्ना ड्रोनमाथि मिसाइल हमला गरेको जनाएको छ। इरानले मिसाइल हमला गरेपछि अमेरिकाले ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ। 

    अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका प्रवक्ता बिल उर्बानले इरानी सेनाले आफ्नो जासुस विमान खसालेकोबारेमा प्रतिक्रिया दिन अस्वीकार गरे। 'इरानको आकाशक्षेत्रमा हाम्रो कुनै पनि ड्रोन गएको छैन', उनले भनेका छन् । 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]