खेलकुद

सगरमाथा र टर्किस एयरलाइन्स पल्सर स्पोर्टस अवार्डकाे सहप्रायोजक

असार ५, २०७६

    काठमाडाैं : आगामी १७ असारमा हुने एनएसजेफ पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकका रुपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सको साथ पाएको छ। मञ्चले बिहीबार घोराही इन्डस्ट्री प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्ससँग सह–प्रायोजन सम्झौता गरेको हो।

    मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र घोराही सिमेन्टको निर्देशक आदित्य सांघाईले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार सगरमाथा सिमेन्टले अवार्डका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ। त्यस्तै अर्को सम्झौतामा टर्किस एयर लाइन्सले मञ्चका सदस्यलाई १० प्रतिशत, वर्ष पुरुष र महिला विजेतालाई ५ लाख बराबरको दुई थान टिकट उपलब्ध गराउने छ। यस्तै मञ्चले सिफारिस गरेको राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ।

    सम्झौता १ वर्षको रहेको छ। सम्झौतामा कन्ट्री डाइरेक्टर अब्दुल्लाहले हस्ताक्षरर गर्दै आदान प्रदान गरे। मञ्चले यसअघि नै खेलकुद ब्रान्ड केल्मी, रुस्लान, एभिन्युज टिभी, गोल्डस्टार, होटल रोयल सिंगी, डिस होम लगायतसँग प्रायोजन सम्झौता गरिसकेको छ। १० विधामा खेलाडी, प्रशिक्षक, खेलकर्मी र पत्रकारलाई सम्मान गर्ने अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ।

    वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनय छिट्टै सार्वजनिक गरिनेछ। स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र पारा एथ्लिट अवार्डको घोषणा अवार्ड समारोहकै दिन हुने कार्यक्रम रहेको छ।

    विगतको तुलनामा यो पटक अवार्डमा ठूलो प्रायोजन भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]