समाज

ओखलढुंगा दुर्घटना अपडेट : गम्भीर तीनजनालाई काठमाडौं लगियो

असार ५, २०७६

    ओखलढुंगा : सिद्धिचरण नगरपालिका ४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा  गम्भीर घाइते भएका  तीनजनालाई काठमाडौं लगिएको छ। दुर्घटनामा गम्भीर भएका तिन जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको हो।

    तीव्र गतिमा रहेको को२ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो । अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका ५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर बिहीबार दिउँसो दुर्घटना भएको थियो। चालक सहित पाँच जना रहेका घाइते विद्यार्थीहरु  रुम्जाटार माविका विद्यार्थीहरु रहेका छन्।

    अटोमा सवार चारजना विद्यार्थीहरुध्ये तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमध्ये गम्भीर घाईते भएका सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्ग नारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोसी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहाललाई थप उपचारका लागी काठमाण्डौ लगीएको हो। अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ। प्राथमिक उपचारपछि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख  पुष्पराज मल्लले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]