प्रवास

नेपालमा खोलिएको भिसा सेन्टरबारे कतारमा छलफल

असार ५, २०७६

    दोहा : नेपालमा खोलिएको भिषा सेन्टरबारे कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यावसायी र  म्याननपावर एजेन्सीहरूसँग कतारले अन्तरक्रिया गरेको छ ।

    कार्यक्रममा क्युभिसी कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदी मानव संशोधन मन्त्रालय कतारका मानव संशोधन प्रमुख मोहम्मद अलि, क्युभिसीका विभिन्‍न पदाधिकारी, गृह मन्त्रालय कतारका उच्च पदाधिकारीलगायतले क्युभिसीबारे जानकारी गराएका थिए।

    कार्यक्रममा कतारका व्यावसायी एवम् एनआरएनएका उपाध्यक्ष डा देवकाजी डंगोल,एनआरएनए कतारका अध्यक्ष नबिन पोखरेल, मानवअधिकार आयोग कतारका नेपाल प्रतिनिधि एवम् वैदेशिक रोजगारविज्ञ रमाजान अलि मियाँ, अन्तराष्ट्रिय मुस्लिम संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएनए कतारका उपाध्यक्ष तेज कटुवाल, एनआरएनए कतारका महासचिव बुधवल गुरुङ लगायत नेपाली ब्यावसायी, म्यानपावर कम्पनीका प्रतिनिधि उपस्थित थिए।

    अन्तरक्रिया कार्यक्रममा क्युभिसि कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदीले क्युभिसिका बारेमा जानकारी गराउँदै क्युभिसि कतार सरकारको आफ्नै प्रोजेक्ट भएको बताए । 

    उनले क्युभिसी सबै देशमा संचालनमा ल्याउने जनाउँदै नेपालमा पनि शुरु भएको उल्लेख गरे। केही दिनमै यसको अपरेसन पनि सुरु गरिने उनले बताए। क्युभिसीमार्फत कतार आउँदा नेपाली कामदारले एक रुपैयाँ पनि तिर्न नपर्ने बताउँदै लन्च शुल्क तुरुन्तै भिसा चाहिने पर्यटकका लागि मात्रै भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]