खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश -३ विजयी

असार ५, २०७६

    कञ्चनपुर : महेन्द्रनगरमा जारि चौथो प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश-३ ले बिजयी सुरु सुरुवात गरेको छ। बिहीबार भएको पहिलो खेलमा प्रदेश-३ ले कर्णाली प्रदेशलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

    टस जितेर ब्याटिङ  रोजेको प्रदेश-३ ले पुरै ओभर खेल्दै कर्णाली सामु दुई विकेटको क्षतिमा १५७ रनको  लक्ष्य प्रस्तुत गरेको थियो। प्रदेश ३ का लागि ब्याटिङतर्फ अस्मिना कार्माचार्यले सर्वाधिक नट आउट ४७ रन बनाइन्। त्यस्तै अस्मिता खरेल, कञ्चन श्रेष्ठले समान २८/२८ र सुमन खतिवडाले २१ रनको योगदान गरिन्। प्रदेश ३ ले ३२ रन अतिरित्त पाएको हो। १५८ रनको लक्ष्य पाएको कर्णाली १५.३ ओभरमै ६६ रन स्कोरमा समेटियो।

    कर्णालीलाई सस्तैमा समेट्ने क्रममा खुसी डंगोल एक्लैले मात्र नौ बलमा पाँच विकेट लिइन्। सुमन खतिवाडले तीन ओभरमा २४ रन खर्चेर दुई विकेट, अस्मिना कार्माचार्य र कृस्मा गुरुङले समान एक/एक विकेट हात पारे। ब्याटिङतर्फ कर्णालीका लागि रबिना चौधरीले सर्वाधिक २२ र लम्मी रिमालले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

    त्यस्तै कर्णालीका लागि सरिता जिसीले एक विकेट लिनु बाहेक अन्य खेलाडीले गतिलो बोलिङ गर्न सकेनन्। यो हारसंँगै कर्णालीले जारी प्रतियोगितामा दोस्रो हार व्योहोरेको छ। बिहीबारको अर्को खेल सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ बीच केही समयमै शुरु हुँदै छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]