राजनीति

सांसद बस्नेत भन्छन् - भीरबाट लडेको मान्छेजस्तै भयो कांग्रेस, जे पनि समाउने

असार ५, २०७६

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भीरबाट लडेको मान्छेसँग तुलना गरेका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बस्नेतले कांग्रेस एजेन्डाविहीन बनेको बताएका हुन्। उनले भने, 'भीरबाट लडेको मान्छेले जे पायो त्यै समाएझैँ कांग्रेसले कहिले शाही, कहिले केसी समाउँछ। कांग्रेस पानी जहाज बनाउने सपना देख्दैन तर कागजका पानी जहाज बनाएर फेसबुकमा राख्नेहरूका एजेन्डा समात्छ ।'

    बस्नेतले थपे, 'कांग्रेस नौटंकीकारहरूको एजेन्डा समातेर अगाडि हिँड्छ। कांग्रेस लोकतान्त्रिक पार्टी हुने हो भने सच्चियोस्।'

    सांसद बस्नेतले सरकारले ल्याएका विधेयक संसदमा छलफल हुन नदिने कांग्रेसलाई निजी विधेयक ल्याउन चुनौती दिएका छन्। उनले विधेयकमा फरक मत भए संशोधनद्वारा परिमार्जन गर्न सकिने प्रक्रियालाई कांग्रेसले बेवास्ता गरेको बताए। उनले भने, 'फेसबुकमा के आयो भन्ने कुरा यहाँ ल्याएर लोक नहँसाउनुस्। १८० भन्दा बढी विधेयक सर्वसम्मत ढंगले पास गरेका थियौँ। चिकित्सा शिक्षा विधेयक पनि गोविन्द केसीको भूत ल्याएर यहाँ नआएको भए सर्वसम्मत पास हुन्थ्यो।' बस्नेतले कांग्रेसलाई प्रश्न गरे, 'सरकारको प्रस्ताव छिर्न नदिने अनि सरकार अधिनायकवादतर्फ गइरहेको भन्ने?' सडकमा उठेका विषयलाई कांग्रेसले सदनको बहसको विषय बनाएको तथा कारबाही नै अवरुद्ध बनाउने काम गरेको बताए। उनले भने, 'सडकमा प्रकट भएका विषय आङमा छिराएर सरकारी विधेयक संसदमा प्रवेश गर्नै नदिने गरी राजनीति नगर्नुस्।'

    प्रधानमन्त्रीलाई सदनमा बोल्न नदिएको कुरालाई लिएर रोष्ट्रम घेरेको घटनाप्रति बस्नेतले रोष प्रकट गरेका थिए।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विनियोजनमाथिको छलफलका क्रममा प्रधानमन्त्रीले शक्ति केन्द्रित गरेको भन्ने कुराहरू सदनमा उठेकोप्रति लक्षित गर्दै बस्तेतले भने, 'विगतका काला धन खानेहरूलाई ठेगान लगाउन सम्पत्ति सुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालयमा गएको हो। ती काला धन खानेहरूलाई कांग्रेसले साथ नदेओस्। अनुसन्धान विभाग शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो। राजश्व विभाग प्रधानमन्त्री कार्यालय गएपछि राजश्व बढी उठेको छ।'

    आफ्नो क्षेत्रमा बजेट गएन भनेर सदनमा कुण्ठा नपोख्न पनि सांसद बस्नेतले सांसदहरूलाई आग्रह गरेका थिए। उनले विगतमा प्रभावशाली नेताहरूको क्षेत्रमा बजेट जाने कुराको निरन्तरता हो भने छलफल गर्न तर आफ्नोमा गएन भनेर संसदमा कुण्ठा पोख्न आवश्यक नभएको धारणा राखेका थिए। सांसदहरू कानुन निर्माणमा नै लाग्नुपर्ने धारणा राखेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]